एभरेष्ट बैंकको १०१ औं शाखा धादिङको धार्केमा

एभरेष्ट बैंकको १०१ औं शाखा धादिङको धार्केमा


बैकिङ्ग समाचार ।

एभरेष्ट बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा विस्तारका क्रमलाई निरन्तरता दिदै धादिङको धुनिबेसि नगरपालिकाको धार्केमा आफ्नो १०१ औं नयाँ शाखा विस्तार गरेको हो । 

बैंकले फराकिलो आन्तरीक तथा विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र उत्कृष्ट बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । सबै वर्ग तथा क्षेत्रहरुमा भरपर्दो बैकिङ्ग सुविधा पु¥याउने प्रयास स्वरुप यस बैंकले देशका विभिन्न क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ । 

उक्त शाखा सोहि नगरपालिकाका मेयर बालकृष्ण आचार्य र एभरेष्ट बैंकका नायव महाप्रवन्धक डा. सन्धिर कुमारले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
 
बैंकको यस नयाँ शाखा उद्घाटन समारोहमा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, धुनिबेसि नगरपालिका वडा नं ६ का अध्यक्ष कान्छा तामाङ लगायत बैंकका उच्च अधिकारीहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थिति रहेको थियो ।