२२ प्रतिशतले बढ्यो छिमेक लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?

२२ प्रतिशतले बढ्यो छिमेक लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?


बैकिङ्ग समाचार ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा २२.७९ प्रतिशतले बढेको छ ।अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४८ करोड १६ लाख खुद नाफा कमाएकोमा  चालु आर्थिक वर्षको  दोस्रो त्रैमासमा  कम्पनीले ६१ करोड ५४ लाख खुद नाफा कमाएको हो ।

कम्पनीको खुद ब्याज आम्दानी ०.३६ प्रतिशतले घटेर ९८ करोड ४१ लाख कायम भएको छ । यस अवधिमा बैंकको कर्जा सापटी २६.४३ प्रतिशतले बढेर ६ अर्ब १२ करोड पुगेको छ । त्यस्तै कम्पनीको कर्जा प्रवाह २६.९८ प्रतिशतले बढेर २५ अर्ब २९ करोड पुगेको छ । कम्पनीले विभिन्न शुल्क तथा कमिशन शिर्षकबाट ३५ करोड ७१ लाख आम्दानी गरेको छ । 

१ अर्ब ८३ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २ अर्ब ६१ करोड रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ६७.२७ रुपैयाँ, प्रति शेयर नेट वर्थ २४२.८९ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १८.९७ गुणा रहेको छ ।

कम्पनीको खराब कर्जा भने ०.३५ प्रतिशतबाट बढेर २.१३ प्रतिशत पुगेको छ ।