बैकिङ्ग समाचार ।
ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सन्तोषजनक प्रगति गरेको छ ।
कम्पनीले गत पुसको तुलनामा खुद नाफा ५३.६९ प्रतिशतले वृद्धि गर्दै १२ करोड ९ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
खुद ब्याज आम्दानी सुधारिएसँगै लघुवित्तको नाफामा आकर्षक सुधार आएको हो ।
चुक्ता पुँजी ३३ करोड ८ लाख ८४ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ७३.१३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४७.६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.४४ गुणा छ ।
पुस मसान्तसम्ममा १ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३५.४६ प्रतिशत धेरै हो ।
पुस मसान्तसम्म आइपुग्दा लघुवित्तको सञ्चालन नाफा पनि १३ करोड ३२ लाख रुपैयाँ छ । यस्तै जगेडा कोषमा १८ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।
चालु आवको अर्धवार्षिक अवधिमा कम्पनीकाो निष्कृय कर्जा अनुपात बढेर ३.४६ प्रतिशत पुगेको छ । लघुवित्तको कोषको लागत ५.७० प्रतिशत छ ।
प्रतिक्रिया