फरवार्ड लघुवित्तको खुद नाफा साढे २२ करोड

फरवार्ड लघुवित्तको खुद नाफा साढे २२ करोड


बैकिङ्ग समाचार ।

फरवार्ड लघुवित्तले चालु आर्थिक वषको पुस मसान्तसम्ममा २२ करोड ५० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  गत आवको यसै अवधिमा २० करोड ९ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएकोमा ११.९५ प्रतिशतले खुद नाफा बढेको हो ।

चुक्ता पूँजी ५० करोड ४ लाख १५ हजार रुपैयाँ रहेको फरवार्डको प्रतिशेयर आम्दानी वार्षिक ८९.९३ रुपैयाँ छ । यस्तै जगेडा कोषमा १ अर्ब १० करोड २८ लाख ४० हजार रुपैयाँ सञ्चित रहँदा लघुवित्तको प्रतिशेयर नेटवर्थ ३२०.३८ रुपैयाँ कायम भएको छ ।

पुस मसान्तसम्ममा फरवार्ड लघुवित्तले ६० करोड १५ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३४.१९ प्रतिशत धेरै हो ।

फरवार्डको पुस मसान्तसम्म सञ्चालन नाफा ३५ करोड ३५ लाख ९६ हजार रुपैयाँ छ । सम्भावित कर्जा नोक्सानी व्यवस्थामा २५ करोड ६४ लाख छुट्टाउँदा सञ्चालन नाफामा सामान्य सुधार आएको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जामा अनुपातमा उच्च बढोत्तरी हुँदै ४.९६ प्रतिशत पुगेको छ । गत आवको यसै अवधिमा ०.७७ प्रतिशत मात्र रहेको थियो । लघुवित्तको निक्षेप संकलन लागत ७.८६ प्रतिशत छ ।