एनआईसी एशिया लघुवित्तले १५.९७ करोड खुद नाफा कमायो

एनआईसी एशिया लघुवित्तले १५.९७ करोड खुद नाफा कमायो


बैकिङ्ग समाचार ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले २०७७/७८ को दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमाससम्ममा कर्जा लगानी ८ अर्ब ५५ करोड रुपैयाँ पु¥याउन सफल भएको छ र बचत संकलन तर्फ १ अर्ब ४ करोड रुपैयाँ पुर्याउन वित्तीय संस्था सफल भएको छ । 

वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.९६ प्रतिशत र प्रतिशेयर आम्दानी रु. २१.५९ रहेको छ । त्यसैगरि संस्थाले दोश्रो त्रैमासमा खुद नाफा १५.९७ करोड आर्जन गरेको छ ।  
 
यसका साथै संस्थाले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम सम्झौतापत्रमा मिति पुस १० गते नै हस्ताक्षर गरिसकेको छ । गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।