कृषि विकास बैंकको नयाँ शाख पोखराको चिप्लेढुँगामा

कृषि विकास बैंकको नयाँ शाख पोखराको चिप्लेढुँगामा


बैकिङ्ग समाचार ।

कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय चिप्लेढुँगा (नयाँ वजार) पोखरा महानगर पालिका वडा नं.९ नयाँ वजार स्थित आफ्नै स्वामित्वको नवनिर्मित अत्याधुनिक भवनवाट आफ्नो कारोवारको शुरुवात गरेको छ । 

बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सयुक्त रुपमा उदघाटन गरेका थिए । उक्त कार्यक्रममा सञ्चालक सदस्यहरु झक्क प्रसाद आचार्य, डा.हरि वहादुर के.सी, ईन्दिरा श्रेष्ठ मास्के , सन्जिव पौडेल , हरि प्रसाद पराजुली, विनोद गुरागाई विशिष्ठ अतिथिको रुपमा  भएका थिए ।  

साथै कम्पनी सचिव हिमलाल पौडेल, केन्द्रिय तालिम प्रतिष्ठानका तालिम प्रमुख प्रकाश कणेल ,गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघुनाथ न्यौपाने , मुख्य शाखा प्रबन्धक माधव रिजाल ,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य वावुराम गिरीको पनि सहभागीता रहेको थियो । 

उ्रक्त कार्यक्रम फेवा सिटी हस्पिटल पोखराका आर्थिक विभाग प्रमुख डा.ध्रुव अधिकारी , बैकमा क्रियाशिल यूनियन नेपाल वित्तिय संस्था कर्मचारी सघका  प्रदेश अध्यक्ष वद्री नारायण पौडेल, कृषि विकास बैंक कर्मचारी संगठन  प्रदेश अध्यक्ष भेषराज घिमिरे, बैकका पूर्व निर्देशक चेत नारायण सापकोटा, होटल पिनाकिनीका प्रबन्ध निर्दैशक शुसिला के.सीको पनि उपस्थिति रहेको थियो । 

उक्त स्थानमा एटिएम सेवाको उदघाटन  बैकका संचालक समितिका सदस्यद्वय झक्क प्रसाद आचार्य र हरि प्रसाद पराजुलीबाट सयुक्त  रुपमा  गरेका थिए ।  बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी वढन तयार रहेको तथा यस बैंकवाट सुनदेखि नुनसम्म, हलोदेखि हाईड्रोसम्म लगानी भईरहेको जानकारी दिएका थिए ।