ग्रीनलाइफ हाइड्रोको आईपीओ बिक्रि प्रबन्धकमा बिओके क्यापिटल

ग्रीनलाइफ हाइड्रोको आईपीओ बिक्रि प्रबन्धकमा बिओके क्यापिटल


बैकिङ्ग समाचार ।

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर निष्काशन गर्न लागेको छ । उक्त शेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।

उक्त शेयर निष्काशन गर्न लागिरहेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण शेयरको निष्काशन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले “CARE-NP B+ (Is)” रेटिङ्ग प्रदान गरेको छ । यस साधारण शेयरको बिक्रीको लागि यहि माघ २३ गतेदेखी खुला गर्ने भएको छ । 

यस साधारण शेयर निष्काशन गर्न लागेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले विभिन्न जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्य रहेको कम्पनी हो । आफ्नो उद्देश्य बमोजिम हाल यस कम्पनिले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट विजुली उत्पादन गर्ने उद्देश्य सहित २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता गरीसकेको छ ।  

साथै, ४० मेगावाट क्षमताको जलविद्युत आयोजना मध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ बर्ष भित्रमा उत्पादन प्रारम्भ हुने छ । त्यस्तै प्रशारण लाइनको कार्य ७० प्रतिशत सम्पन्न भईसकेको छ ।  

उक्त कम्पनीले सामुहिक लगानी कोष र कम्पनीको कर्मचारीहरुलाई छुट्टाएको सम्पूर्ण शेयर बाडँफाड भईसकेको छ । २ अर्ब ५० करोड अधिकृत पूँजि रहेको उक्त कम्पनीको यस निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ८० करोड रहनेछ ।