आशा लघुवित्तको नाफा १५८.५६% ले बढ्दा इपीएस कति ?

आशा लघुवित्तको नाफा १५८.५६% ले बढ्दा इपीएस कति ?


बैकिङ्ग समाचार ।

आशा लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड १६ हजार रुपैयाँ नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १५८.५६% धेरै हो । गत वर्ष कम्पनीले २ करोड ७० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४१.३५% र ५९१.९६% ले बढ्दा नाफा चुलिन पुगेको हो । 
 

गत वर्ष ८ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमाससम्म बढाएर ११ करोड ६८ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि १ करोड ३१ लाख रुपैयाँबाट बढाएर ९ करोड १० लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम आइपुग्दा सिभिलले १ अर्ब ७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गर्दा ३ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 
 

हाल यसको चुक्ता पुँजी २६ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा पनि ३.९४% बाट बढेर ४.९८% भएको छ । प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ४२ पैसा (वार्षिक) रहेको आशाको प्रतिसेयर नेटवर्थ भने १४३ रुपैयाँ ११ पैसा छ ।