स्थानियका लागि सिंगटी हाइड्रोको आईपीओ फागुन ३ गतेसम्म खुला हुने

स्थानियका लागि सिंगटी हाइड्रोको आईपीओ फागुन ३ गतेसम्म खुला हुने


बैकिङ्ग समाचार ।

आयोजन प्रभावित स्थानियका लागि माघ ४ गतेदेखि विक्री खुला गरेको सिंगटी हाइड्रो इनर्जीको आईपीओमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने भएको छ । 

छिटो अवधि माघ १८ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि कम्पनीले ढिलो अवधि फागुन ३ गतेसम्म विक्री खुला गर्न लागेको हो । 

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाको स्थानियका लागि १४ लाख ५० हजार कित्ता शेयर विक्री खुला गरेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

यस आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधारहरुको संकेत गर्ने केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ । यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रू. २२ करोड हुने प्रक्षेपण गरिएको छ ।