सिद्धार्थ बैंकद्वारा बैंक खाता अद्यावधिक गर्न अनुरोध

सिद्धार्थ बैंकद्वारा बैंक खाता अद्यावधिक गर्न अनुरोध


बैकिङ्ग समाचार ।

सिद्धार्थ बैंकले शेयरधनीलाई नगद लाभांश वितरण गर्नको लागि बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।

कम्पनीले माघ १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरिदिने भएकाले खाता अद्यावधिक गर्न अनुरोध गरेको हो ।  

कम्पनीले हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगरेको भए यथाशिघ्र आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराउन भनेको हो । साथै कम्पनीले हितग्राही खातामा बैंक अद्यावधिक गराएपछि मात्र नगद लाभांश बैंक खातामानै जम्मा हुने पनि बताएको छ ।

शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।