बैकिङ्ग समाचार ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्तापूँजी रू. २३ करोड ३९ लाख ३४ हजार पुगेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीको चुक्तापूँजी रू. ११ करोड ४१ लाख १४ हजार थियो ।
शतप्रतिशत हकप्रद र ५ प्रतिशत बोनस शेयरबाट कम्पनीको पूँजी वृद्धि भएको हो । यस वर्षभने कम्पनीले ३ दशमलव ५ प्रतिशत बोनस शेयर र ३ दशमलव ६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
माघ १८ गते सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा पनि गत वर्षभन्दा ७२ प्रतिशत बढेको छ । गत वर्ष रू. १ करोड ५८ लाख १९ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ३० लाख ९२ हजार यो नाफा गरेको हो ।
सञ्चालन नाफा पनि गत वर्षभन्दा १०६ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १ करोड ९७ लाख १४ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ६ लाख ४० हजार यो नाफा गरेको हो । यस वर्ष सम्भावित जोखिम शीर्षकमा रकम नछ्ट्याएकाले कम्पनीको सञ्चालन नाफा बढेकाले नाफामा सहयोग मिलेको हो ।
नाफामा उल्लेख्य वृद्धि भएको कम्पनीको जगेडा कोष रकम पनि १९४ दशमलव ६२ प्रतिशत बढी कायम भएको छ । गत वर्ष रू. ३ करोड ५९ लाख ५३ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. १० करोड ५९ लाख २७ हजार कायम भएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट गत वर्षभन्दा ५२ दशमलव ४९ प्रतिशत बढी रू. १ खर्ब १३ करोड ५८ लाख २४ हजार कर्जा सापटी लिएको कम्पनीले ५५ दशमलव ७० प्रतिशत बढी रू. १ अर्ब ८३ करोड २० लाख ८२ हजार कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष ४२ प्रतिशत बढी रू. ४९ करोड ७६ लाख ६७ हजार निक्षेप संकलन कम्पनीले गरेको छ ।
गत वर्ष ३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष घटेर २ दशमलव ४१ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी रू. २३ दशमलव ३४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव ४१ रहेको छ ।
प्रतिक्रिया