बैकिङ्ग समाचार ।
फर्स्ट माइक्रोफाइनानस लघुवित्त वित्तीय संस्थाले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कमपनीको मंसिर १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशमलव ५० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
मंसिर ५ गतेसम्म शेयरहरु अभौतिकीकरण गराएका शेयरधनीको हकमा उक्त बोनस शेयर हितग्राही खातामा जम्मा भएको र सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि क्रमश हितग्राही खातामा नै जम्मा हुने कम्पनीले जानकारी गराएको छ ।
साथै, हालसम्म पनि हितग्राही खाता नखोलेका शेयरधनीले यथाशिघ्र कुनै पनि निक्षेप सदस्य मार्फत हितग्राही खाता खोली आफ्नो नाममा रहेका भौतिक शेयरलाई अभौतिकीकरण गर्न कम्पनीले जानकारी गराएको छ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया