सिभिल बैंकको १०औं वार्षिक साधारणसभा फागुन ९ गते, ८.४२ प्रतिशत लाभांश पारित हुने

सिभिल बैंकको १०औं वार्षिक साधारणसभा फागुन ९ गते, ८.४२ प्रतिशत लाभांश पारित हुने


बैकिङ्ग समाचार ।

सिभिल बैंक लिमिटेडले फागुन ९ गते आइतवार १०औं वार्षिक साधारणसभा गर्ने घोषण गरेको छ । बैंक सञ्चालक समितिको माघ १५ गते बिहीबार बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) महामारीलाई ध्यानमा राख्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट बैंकको प्रधान कार्यालयबाट विहान ११ बजे सभा आयोजना गर्ने निर्णय भएको हो । 

उक्त सभाले चुक्तापूँजीको ०.४२ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने छ भने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ । 

त्यस्तै  साधारणसभा प्रयोजनका लागि बैंकको शेयर दाखिल खारेज (बुक क्लोज)  माघ २३ गते एक दिन बन्द रहने छ । २२ गतेसम्म कारोबार भई शेयरधनी किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन तथा बोनस शेयर र नगद लाभांश पाउन योग्य हुनेछन् ।