नबिल बैंकको क्यूआर कोड बल्खु फलफूलबाट शुरु

नबिल बैंकको क्यूआर कोड बल्खु फलफूलबाट शुरु


बैकिङ्ग समाचार ।

नबिल बैंकले शुक्रबारदेखि बल्खुको फलफूल बजारमा क्विक रिस्पोन्स  (क्यूआर) कोडबाट भुक्तानी सेवा शुरु गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडको शुरुवात गरेका हुन । 

गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडमार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने धारणा व्यक्त गरेका छन  । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।