सुपर मादी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

सुपर मादी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने


बैकिङ्ग समाचार ।

सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना रू. ३१ करोड ५० लाख बराबरको आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र अन्य सर्बसाधारणमा उक्त रकम बराबरको आईपीओ विक्री गर्ने तयारी गरेको हो । 

गण्डकी प्रदेश कास्की जिल्ला स्थित साविक नामाजुङ्ग र पार्चे गा.वि.स हाल मादी गाउँ पालिका अवस्थित मादीखोलामा निर्माणाधिन ४४ मेगावाट क्षमताको सुपरमादी जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीले आईपीओबाट रकम जुटाउन लागेको हो । कम्पनीले आईपीओ विक्रीका लागि सानिमा क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सुपर मादी हाइड्रो पावर लिमिटेड कम्पनी ऐन, २०६३ वमोजिम २०६५ साल माघ ३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको हो । कम्पनीले निर्माण गरिरहेको आयोजनको ६५ प्रतिशत काम सम्पन्न भैसकेको जानकारी दिएको छ । आगामी २०७८ साल पौष महिनाभित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको रहेको छ ।