एकैदिन ६ प्रतिशतले घट्यो नेप्से, कारोवार स्थगित

एकैदिन ६ प्रतिशतले घट्यो नेप्से, कारोवार स्थगित


बैकिङ्ग समाचार ।

शेयर बजार परिसूचक नेप्से एकैदिनमा ६ प्रतिशत बढीले घटेपछि फागुन १९ गते सोमबारका लागि शेयर खरीद बिक्री बन्द भएको छ।

पहिलो दुई घण्टा अवधिमा नै १२ बजेर ४६ मिनेटमा ५ प्रतिशत बढीले घटेर नकारात्मक सर्किट लागेको थियो। ४० मिनेटपछि १ बजेर २६ मिनेटमा खुलेको बजार २ मिनेट नपुग्दै थप १६।४९ अंकले घटेपछि दिनभरीका लागि बजार बन्द गरिएको हो।

यसअघि उच्च अंकमा बढोत्तरी हुँदै आएको शेयर बजारमा सोमबार सबै कम्पनीहरुको शेयर मूल्यमा ठूलो गिरावट आएपछि नेप्से सूचक घटेको बन्द हुने अवस्था आएको हो । सूचक ९६।०६ अंक अर्थात ६।०४ प्रतिशतले घटेर १ हजार ४९५ दशमलव ३० बिन्दुमा बन्द भएको हो।

यसअनुसार फागुन २० गते मंगलबार अब यहि बिन्दुबाट बजार सुचारु हुनेछ।

यसबीचमा १७३ कम्पनीका ४९ लाख ८६ हजार कित्ता शेयर २ अर्ब १५ करोड ४४ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका सबै उपसमूहको सूचक घटेको छ । जसमा म्युचअल फण्डको सबैभन्दा कम १।७४ प्रतिशतदेखि निर्जीबन बीमाको सूचक सबैभन्दा धेरै ७।४६ प्रतिशतले घटेको छ।

सोमबारको बजारमा नेपाल लाईफको १५ करोड ६८ लाख र एनआईसी एशिया बैंकको १४ करोड ६१ लाखको शेयर खरीद बिक्री भएको छ।

यसदिन एनआईसी एशिया ब्यालेन्स्ड् फण्ड, खानीखोला हाइड्रोपावर, र श्री इन्भेष्टमेन्ट फाइनान्सको मात्र शेयरमूल्य बढेको छ । बाँकी सबै १६७ कम्पनीको शेयरमूल्य घटेका छन्। आखुँखोला र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य स्थीर रहेको छ।

आज प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, गरिमा विकास बैंक, आरएसडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्त, शिखर इन्स्योरेन्स, सूर्या लाईफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेशनल माइक्रोफाइनान्स, नबिल बैंक, एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, फरवार्ड कम्युनिटी लघुवित्त, माछापुच्छ्रे बैंक, र एभरेष्ट बैंकको शेयरमूल्य ९ प्रतिशत बढीले घटेको छ।