स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा ४०.६९ प्रतिशतको कमि,

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा ४०.६९ प्रतिशतको कमि,


बैकिङ्ग समाचार ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त विवतरण अनुसार बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ४० दशमलव ६९ प्रतिशतले घटेको छ ।  

गत वर्ष रू. १ अर्ब २२ करोड ६९ लाख १३ हजार खुद नाफा गरेको बैंकले यस वर्ष रू. ७२ करोड ७६ लाख ३९ हजार मात्र यो नाफा गरेको हो । बैंकको सञ्चालन नाफा पनि ४० दशमलव ६९ प्रतिशतलेनै घटेको छ । गत वर्ष रू. १ अर्ब ७६ करोड ३ लाख ५३ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब ४ करोड ४० लाख ६५ हजार मात्र गरेको हो । सञ्चालन नाफासँगै खुद नाफा घटेको बैंकको वितरण योग्य नाफा भने रू. ६१ करोड ६४ लाख ३३ हजार रहेको छ ।

७ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्तापूँजी रू. ८ अर्ब ५७ करोड २२ लाख ३१ हजार पुगेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ३ दशमलव ६५ प्रतिशत बढेर रू. ५ अर्ब ७७ करोड ६७ लाख ७५ हजार कायम भएको छ । यस बर्ष बैंकले रू. ८३ अर्ब ५० करोड ८५ लाख २९ हजार निक्षेप संकलन गरेको छ भने रू. ५३ अर्ब १२ करोड ४८ लाख ९४ हजार कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन गत वर्षभन्दा १२ प्रतिशत घटेको छ भने कर्जा प्रवाह करिब १ प्रतिशतले बढेको छ ।

निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर १ दशमलव ५४ प्रतिशत पुगेको छ । गत वर्ष यो अवधिसम्म बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव १७ प्रतिशत रहेको थियो । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ९८ र प्रतिशेयर नेटवर्थ रू. १८२ दशमलव ४७ रहेको छ ।