९ प्रतिशतले पूँजी बढाएको लक्ष्मी बैंकको खुद नाफा १०.६२ प्रतिशत घट्यो

९ प्रतिशतले पूँजी बढाएको लक्ष्मी बैंकको खुद नाफा १०.६२ प्रतिशत घट्यो


बैकिङ्ग समाचार ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लक्ष्मी बैंकको चुक्तापूँजी रू. १० अर्ब ६९ करोड ५६ लाख ९० हजार पुगेको छ । बैंकको चुक्तापूँजी ९ प्रतिशत बोनस शेयर मार्फत बृद्धि भएको हो । बैंकले बिहीवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष खुद नाफा १० दशमलव ६२ प्रतिशत घटेको छ । गत वर्ष रू. ९० करोड ३० लाख २९ हजार खुद नाफा गरेको बैंकले यस वर्ष रू. ८० करोड ७१ लाख १५ हजार मात्र यो नाफा गरेको हो । 

सञ्चालन नाफा १२ दशमलव ३४ प्रतिशत कम हुदाँ यस वर्ष बैंकको खुद नाफा घटेको हो । गत वर्ष रू. १ अर्ब २९ करोड ४१ लाख १५ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब १३ करोड ४ लाख ३६ हजार मात्र यो नाफा गरेको छ । जगेडा कोष रकम भने यस वर्ष गत वर्षभन्दा ३० प्रतिशत बढी रू. ३ अर्ब ७१ करोड २२ लाख ७ हजार कायम भएको छ । 

गत वर्षभन्दा ६ प्रतिशत बढी रू. १ खर्ब ४ अर्ब ३५ करोड ७५ लाख ३४ हजार निक्षेप संकलन गरेको बैंकले १ दशमलव शून्य ४ प्रतिशत बढी रू. ९२ अर्ब ३८ करोड ७२ लाख ५८ हजार कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्ष शून्य दशमलव ८८ प्रतिशत रहेकोमा यस वर्ष घटेर शून्य दशमलव ७६ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी रू. १५ दशमलव शून्य ९ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ८३ रहेको छ ।