प्राइम कमर्शियल बैंकको नाफा २ अर्ब, वितरण योग्य नाफा कति ?

प्राइम कमर्शियल बैंकको नाफा २ अर्ब, वितरण योग्य नाफा कति ?


बैकिङ्ग समाचार ।

प्राइम कमर्शियल बैंकको नाफा ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३९.४० प्रतिशतले वृद्धि गरेको छ । बैंकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित  विवरण अनुसार बैंकले करिब २ अर्ब खुद नाफा कमाउन सफल भएको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ करोड २५ लाख रुपैयाँ अर्थात ३९.४० प्रतिशत बढी हो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २६ करोड ४२ लाख रुपैयाँ रहेको छ।

अवधिमा बैंकको खुद ब्याज आम्दानी ७५ करोड ४ लाख रुपैयाँ बढेर २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७३ करोड ९३ लाख रुपैयाँ बढेर २ अर्ब ५९ करोड ३० लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ४ अर्ब ६५ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ८८ करोड रुपैयाँ थियो। 

समीक्षा अवधिमा बैंकको आधार दर ९.४५ प्रतिशतबाट ७.८५ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५.११ प्रतिशतबाट ४.२७ प्रतिशतमा झरेको छ।

खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २३ रुपैयाँ १५ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २२ रुपैयाँ ५५ पैसा कायम भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानीमा ह्रास आएको हो। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९।६० गुणा रहेको छ।