सानिमा लार्ज क्याप फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

सानिमा लार्ज क्याप फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन


बैकिङ्ग समाचार ।

माघ ९ गतेदेखि विक्रीमा आएको सानिमा लार्ज क्याप फण्डको इकाईमा आवेदन दिने बिहीवार अन्तिम दिन रहेको छ ।

सानिमा क्यापिटलको व्यवस्थापनका सञ्चालन हुने उक्त फण्डले रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो ।

प्रतिइकाई रू. १० अंकित दरको कुल इकाईमध्ये यस फण्डले १५ प्रतिशत इकाई कोष प्रबन्धक सानिमा बैंक र कोष व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित राखी बाँकी ८ करोड ५० लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो ।

यस इकाईमा बुधवार साँझ ५ बजेसम्म ६९ हजार ७४५ जनाले ९ करोड ७५ लाख ४ हजार २२० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा १ दशमलव १५ गुणा बढी हुन आउँछ ।यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म खरीदको माग गर्न सकिनेछ । सानिमा क्यापिटलले सञ्चालन गर्न लागेको यो योजना बन्दमुखी योजना हो ।

इकाई बाँडफाँट भएको मितिले सात वर्षमा यो योजना परिपक्व हुनेछ । इकाई खरीदको लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपबाट आवेदन दिन सकिनेछ ।