बुद्धभूमि नेपालद्वारा १२ लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन

बुद्धभूमि नेपालद्वारा १२ लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन


बैकिङ्ग समाचार ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्ने भएको छ । यस कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि उक्त आईपीओ विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा माघ ८ गते निवेदन दिएको हो । 

कुल कित्तामध्य ४ लाख कित्ता आयोजना प्रभावित स्थानिय र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने कम्पनीको भनाई छ । कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. २८ करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी रू. ४० करोड पुग्नेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको आधारभूत पक्ष औषतमा रहेको संकेत गर्दछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।