सूर्या लाइफ इन्स्योरेन्सको नगद लाभांश बैंक खातामा जम्मा

सूर्या लाइफ इन्स्योरेन्सको नगद लाभांश बैंक खातामा जम्मा


बैकिङ्ग समाचार ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गरिदिएको छ । कम्पनीले  पुस १६ गतेसम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामै नगद लाभांश जम्मा गरेको हो । उक्त लाभांश कम्पनीले माघ ६ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित गराएको थियो । 

हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर अपडेट नगराएका शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ । 

गत पुस १६ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।