स्वदेशी लघुवित्तको नाफा १२ करोडमाथि, १४९ प्रतिशतको वृद्धि

स्वदेशी लघुवित्तको नाफा १२ करोडमाथि, १४९ प्रतिशतको वृद्धि


बैकिङ्ग समाचार ।

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ करोड २ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको पुस मसान्तसम्ममा ४ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा १४९ प्रतिशतले बढेको हो ।

पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब २३ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन र बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब १३ करोड ५७ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ७५ करोड २० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिमा लघुवित्तले ३३.५१ प्रतिशतले खुद व्याज आम्दानी वृद्धि गर्दै २० करोड ६७ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । लघुवित्तको सञ्चालन नाफा १७ करोड १५ लाख ७४ हजार रुपैयाँ छ ।

एनआईसी एशिया लघुवित्तसँग मर्जरमा रहेको लघुवित्तको चुक्ता पूँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा ११ करोड ४५ लाख ०७ हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ८७.१३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.७२ रुपैयाँ रहेको छ । लघुवित्तको निष्कृय कर्जा अनुपात भने १.८२ बाट बढेर ४.१२ प्रतिशत पुगेको छ ।