गरिमा विकास बैंकको खुद नाफामा २१% को वृद्धि, ६ महिनामा कमायो ३९ करोड

गरिमा विकास बैंकको खुद नाफामा २१% को वृद्धि, ६ महिनामा कमायो ३९ करोड


बैकिङ्ग समाचार ।

गरिमा विकास बैंकको खुद नाफामा २१ प्रतिशतको वृद्धि भएको छ ।

बुधबार सार्वजनिक भएको बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३९ करोड ३५ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आवको यसै अवधिमा ३२ करोड ५५ लाख ३५ खुद नाफा कमाएको बैंकको नाफा ६ करोड ८० लाख ५५ हजार रुपैयाँले वृद्धि भएको हो ।

चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा बैंकको वितरण योग्य नाफा २५ करोड २३ लाख ६१ हजार रुपैयाँ रहेको छ । बैंकले कमाएको यो नाफाको आधारमा बैंकले वार्षिक १५.५८ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८३ करोड ३९ लाख रुपैयाँ सञ्चित छ । बैंकले शेयरधनी कोषमा ७२ करोड २६ लाख रुपैयाँ सञ्चित छ ।

चालु आवको पुस मसान्तसम्ममा चालु आवको ६ महिना अवधिमा बैंकले ५३ अर्ब ५ करोड १८ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब १६ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको अन्त्यसम्ममा बैंकले ४२ अर्ब ४३ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ८६ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । पछिल्लो ६ महिना अवधिमा बैंकको निक्षेप २५.०५ र कर्जा २६.६८ प्रतिशतले बढेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.५२ प्रतिशत बढेर ८४ करोड २६ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २०.९१ प्रतिशत बढेर ५६ करोड २२ लाख रुपैयाँ पुगेको छ ।