सानिमा बैंकको शाखा ललितपूरको कुपण्डोलमा

सानिमा बैंकको शाखा ललितपूरको कुपण्डोलमा


बैकिङ्ग समाचार ।

सानिमा बैंकले ललितपूरको कुपण्डोलमा नयाँ शाखा स्थापना गरी बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका छन् ।

मह जोडीले कुपण्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिएका थिए ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।