‘सानिमा लार्ज क्याप फण्ड’ का इकाईमा आवेदन दिने समय थपियो

‘सानिमा लार्ज क्याप फण्ड’ का इकाईमा आवेदन दिने समय थपियो


बैकिङ्ग समाचार ।

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा लार्ज क्याप फण्ड’ इकाईले सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरेको इकाईमा आवेदन दिने समय १३ दिन थप गरेको छ ।

यसअघि माघ १३ गते (आज) सम्म आवेदन दिने मिति तोकिएको भएपनि माग अनुसारको आवेदन नपरेपछि माघ २६ गतेसम्मका लागि आवेदन दिने समय थप गरेको हो । थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा इकाई निष्कासन बन्द गरिने जानकारी दिइएको छ ।

सानिमा म्युचुअल फण्डले माघ ९ गते शुक्रवारदेखि प्रतिइएकाई १० रुपैयाँका दरको १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई कुनैपनि संघ संस्था तथा सर्वसाधारणहरुको लागि निष्कासन तथा विक्री खुल्ला गरेको थियो । फण्डले १५ प्रतिशत ९१ करोड ५० लाख० इकाई कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखेको छ ।

उक्त फण्डमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरको वेवसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिनसक्ने क्यापिटलले जनाएको छ ।

सानिमा म्युचुअल फण्डले निष्काशन गरेको एक अर्ब रुपैयाँको सामूहिक लगानी कोष 'सानिमा लार्ज क्याप फण्ड' मा तीन दिनमा ६१ करोड ३९ लाख ३३ हजार रुपैंयाको आवेदन परेको छ । सानिमा क्यापिटलका अनुसार ५० हजार ७४४ आवेदकबाट उल्लेखित रकमका इकाई माग भएको हो ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो योजना सानिमा इक्विटी फण्डले सञ्चालनको ३ वर्ष अवधि पुरा गरेको छ । योजनाले इकाई धनीहरुलाई पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष ७ प्रतिशतगरि जम्मा १७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।