सांसदको ‘हाटा’ प्रवृतिले राष्ट्र बैंक ऐन संसदमै अड्कियो 

सांसदको ‘हाटा’ प्रवृतिले राष्ट्र बैंक ऐन संसदमै अड्कियो 


बैकिङ्ग समाचार ।

प्रतिनिधि सभाको बैठकमा एक चौथाई सांसद उपस्थित  नभएपछि नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विद्येयक दफावार छलफलको लागि अर्थसमितिमा जान रोकिएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त विद्येयक प्रतिनिधि सभाको बैठकमा पेश गरेपछि केही सांसदहरुले त्यसको सैद्दान्तिक विषयमा प्रश्न उठाएका थिए । 

सांसदहरुको प्रश्नको अर्थमन्त्री डा. खतिवडाले जवाफ दिएपनि उक्त विद्येयक छलफलको लागि अर्थसमितिमा जानुपर्ने भनिएको थियो । तर संसद बैठकमा एक चौथाइ सांसद उपस्थित नभएकोले विद्येयक पास नहुने संसद भवनको प्रावधान रहेको सभामुख अग्नीप्रसाद सापकोटाले प्रष्ट पारे । 

उनका अनुसार नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य ६९ जना उपस्थित हुनुपर्नेमा ५४ जना मात्रै भएपनि पास हुन नसकेको हो । 

 प्रतिनिधिसभामा हाजिर गरेर टाप कस्ने सांसद्को कारण विधेयक पारित गर्ने र प्रक्रिया अगाडि बढाउने विषयमा गणपुरक संख्या नपुग्दा समस्या हुने गरेको कतिपय सांसदहरुले नै बताउँदै आएका छन् ।