नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरको बिक्री खुल्यो

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरको बिक्री खुल्यो


बैकिङ्ग समाचार ।

नारायणी डेभलपमेन्ट बैंकले माघ १३ गतेदेखि एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ ।

बैंकले एक सय रुपैयाँ अंकित दरले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो।

बैंकले हकप्रद निष्काश्न र १९ औँ वर्षिक साधारण सभा प्रयोजनका लागि पुस २९ गते एक दिन बुक क्लोज गरेको थियो । यसकारण गत पुस २८ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।

बैंकको हकप्रदमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत फागुन ३ गतेसम्म आवेदन दिन पाउनेछन्।

हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । हाल बैंकको चुक्ता पूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ छ । आगामी साधारण सभामा बैंकले शतप्रतिशत हकप्रदपछि पुनः थप २०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव गत साधारण सभाबाट पारित गराइसकेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई 'इक्राएनपीआईआर सिङ्गल सी' रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने बुझाउँछ।

नेपाल राष्ट्र बैंकले तोकेको न्यूततम चुक्ता पूँजी ५० करोड पुर्याउन बैंकले अगामी वार्षिक साधारण सभाबाट हकप्रदमाथि थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।