ज्योति विकास बैंकको साधारण सभा बुधवार हुँदैै

ज्योति विकास बैंकको साधारण सभा बुधवार हुँदैै


बैकिङ्ग समाचार । 

ज्योति विकास बैंकको साधारण सभा बुधवार हुने भएको छ ।

साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे  शुरु हुने छ । सभाले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

गत पुस २८ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । साधारण सभा र लाभांश प्रयोजनको लागि उक्त कम्पनीले पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुक क्लोजको मिति तय गरेको छ ।