नेपाल लाइफको ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

नेपाल लाइफको ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन


बैकिङ्ग समाचार । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने माघ १३ गते मंगलबार अन्तिम दिन रहेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत कर समेत नगद लाभांश दिने भएको हो । 

जीवन बीमा कम्पनीहरुमध्यकै सर्वाधिक रू. ५ अर्ब ५० करोड चुक्तापूँजी भएको यस कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न माघ २८ गते २० औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा र लाभांशका लागि कम्पनीले माघ १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेभएकाले माघ १३ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।   

उक्त सभाले लाभांश सहित नेपालको इतिहासमै शेयर खण्डिकरणको प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले हाल कायम प्रतिशेयर मूल्य रू. १०० लाई घटाएर रू. ५० कायम गर्ने प्रस्ताव सभाका लागि तय गरेको हो । उक्त प्रस्तावको आधारमा कम्पनीको शेयरसंख्या दोब्बर हुनेछ ।   

कम्पनीले प्रस्ताव गरेको बोनस शेयरपश्चात रू. ७ अर्ब १९ करोड चुक्तापूँजी पुग्नेछ । बोनस पश्चात कम्पनीको शेयर कित्ता ७ करोड १९ लाख पुग्नेछ । कम्पनीको प्रस्तावित शेयर खण्डिकरण प्रकृयाले पूर्णता पाए यो संख्या १४ करोड ३८ लाख हुनेछ ।  

कम्पनीले दोस्रो बजारमा सबै लगानीकर्ताको खरिद पहुँच पु¥याउने उदेश्यले शेयर खण्डिकरण गर्न लागेको जानकारी दिएको छ । चुक्तापूँजी र बजार पूँजीकरणमा कुनै असर नपर्ने गरी कम्पनीले शेयर खण्डिकरण गर्न लागेको जानकारी दिएको हो ।