ग्लोबल आइएमई बैंक, एफवीन र आइएलओबीच वित्तीय पहुँच सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक, एफवीन र आइएलओबीच वित्तीय पहुँच सम्बन्धी सम्झौता


बैकिङ्ग समाचार ।

ग्लोबल आइएमई बैंक, महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपाल बीच महिलाले सञ्चालन गरेका घरेलु, साना तथा मझौला व्यवसायको विकास तथा विस्तारमा आवश्यक वित्तीय पहुँच पुर्याउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, महिला उद्यमी महासंघका अध्यक्ष रिता सिंहा र अन्तर्राष्ट्रिय श्रम संगठन, नेपालका निर्देशक रिचार्ड होवार्डले काठमाडौंमा आयोजित सार्कस्तरीय रोजगारदाता मञ्चको एक कार्यक्रममा आ–आफ्नो संस्थाको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार तीनवटै संस्थाले महिलाद्वारा प्रवर्धित घरेलु, साना तथा मझौला व्यवसायमा सहज तथा सरलरुपमा वित्तीय पहुँच पुर्याउन संयुक्तरुपमा काम गर्नेछन्।

बैंकले घरेलु, साना तथा मझौला उद्योगलाई आवश्यक कर्जा सरल र सहज रुपमा लगानी गर्नेछ भने अन्तर्राष्ट्रिय श्रम संगठनले महिला उद्यमीहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ।

यसबाट संयुक्त राष्ट्र संघको दिगो विकाससम्बन्धी लक्ष्यको लैंगिक समानता तथा महिला सशक्तीकरणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ।