बैकिङ्ग समाचार ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कुमारी बैंककोखुद नाफा ५१.५० प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ८० करोड ३० लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा बढेर १ अर्ब २१ करोड पुगेको हो ।
बैंकको खुद ब्याज आम्दानी ३७.०२ प्रतिशतले बढेर २ अर्ब ४९ करोड पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६३ करोड ७५ लाख रहेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप ५.३० प्रतिशतले बढेर १ खर्ब २२ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३.६३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब पुगेको छ ।
१३ अर्ब ८७ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब २७ करोड रहेको छ । बैंकको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर १.०६ प्रतिशत कायम भएको छ ।
बैंकको प्रति शेयर आम्दानी १७.५३ रुपैयाँ, प्रति शेयर नेटवर्थ १३०.८२ रुपैयाँ , सिसिडि ७६.१५ प्रतिशत, बेस रेट ७.९२ प्रतिशत र कोषको लागत ५.८२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया