गरिमा विकास बैंकद्धारा \’स्मार्ट टेलर\’ को सुरुवात

गरिमा विकास बैंकद्धारा \’स्मार्ट टेलर\’ को सुरुवात


बैकिङ्ग समाचार ।

गरिमा विकास बैंकले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरि पैसा झिक्न मिल्ने 'स्मार्ट टेलर' को सुरुवात गरेको छ ।

हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध रहेको तथा चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।

डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकवर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्राउन गरिमा विकास बैंक सधै तत्पर रहने यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताउछन् ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ।