आरएसडिसी लघुवित्तको ३.६३ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा

आरएसडिसी लघुवित्तको ३.६३ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा


बैकिङ्ग समाचार ।

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीको गत पुस २४ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ३.६३ प्रतिशत नगद लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिदिएको हो । पुस ९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिएको छ भने उक्त मिति पश्चात् बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा समेत नगद लाभांश बैंक खातामा नै जम्मा गरिने कम्पनीले जनाएको छ । 

हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर अपडेट नगराएका शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ । 

साथै पुस ९ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।