गोर्खाज फाइनान्सको दोस्रो त्रैमासमा १७ करोड ३ लाख रुपैयाँ नाफा

गोर्खाज फाइनान्सको दोस्रो त्रैमासमा १७ करोड ३ लाख रुपैयाँ नाफा


बैकिङ्ग समाचार ।

गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ । फाइनान्सको नाफा गत वर्षको यसै अवधिको तुलनामा १० करोड ९१ लाख अर्थात १७८ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

अन्य संचालन आम्दानीमा आएको उच्च सुधारले फाइनान्सको नाफा बढेको हो । फाइनान्सले यो शिर्षकमा १४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।

तर फाइनान्सको ब्याज आम्दानी भने घटेको छ भने कर्मचारी खर्च, अन्य सञ्चालन खर्चलाई नियन्त्रण गर्न पनि सकेको देखिदैँन् ।

चुक्ता पूँजी ८६ करोड ६५ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा ७४ करोड रुपैयाँ सञ्चित छ भने शेयरधनीकोष २३ लाख रुपैयाँले ऋणात्मक देखिन्छ।

पुस मसान्तसम्ममा ७ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले ५ अर्ब ४६ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिसम्ममा फाईनान्सले १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ३ करोड ५५ लाख कम हो ।

फाइनान्सको प्रतिशेयर आम्दानी ३९ पैयाँ २५ पैसा कायम भएको छ। प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ २१ पैसा छ भने मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ। जसको खराब कर्जा ४.४२ प्रतिशत छ ।