ग्लोबल आइएमईको नगद लाभांश पुग्यो सेयरधनीको बैंक खातामा

ग्लोबल आइएमईको नगद लाभांश पुग्यो सेयरधनीको बैंक खातामा


बैकिङ्ग समाचार । 

ग्लोबल आइएमई बैंकले सेयरधनीलाई २% नगद लाभांश बैंकमा खातामा पठाएको छ । बैंकले नेपाल क्लियरिङ हाउसको आइपीएस मार्फत सेयरधनीको बैंक खातामा नगद जम्मा गरिदिएको हो । यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।

बैंकको पुस २९ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १४% बोनस सेयर र २% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।