सामुदायिक लघुवित्तले यसवर्ष लाभांश वितरण नगर्ने

सामुदायिक लघुवित्तले यसवर्ष लाभांश वितरण नगर्ने


बैकिङ्ग समाचार ।

सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

कम्पनीले आव २०७६/ ७७ को वित्तीय विवरण स्वीकृती गरी प्रकाशन गर्न दिएकोे स्वीकृती भए बमोजिम कम्पनीले आगामी फागुन ५ गते साधारण सभा गर्ने निर्णय  गरेको छ ।
उक्त सभामा नगद लाभांश, बोनस शेयर र हकप्रद शेयर वितरण नगर्ने जानकारी कम्पनीले गराएको छ । 

उक्त साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ २५ गते एक दिन बन्द रहनेछ । माघ २४ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।