इन्फिनिटी लघुवित्तको शेयरमूल्य समायोजन

इन्फिनिटी लघुवित्तको शेयरमूल्य समायोजन


बैकिङ्ग समाचार ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित लाभांश वितरण र साधारण सभाको बुकक्लोजसँगै शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले लघुवित्तको १४.७५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य तोकेको छ । नेप्सेले बोनसपछि प्रतिकित्ता १ हजार ३४० रूपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको हो । लघुवित्तको बिहीबार १ हजार ५३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही अन्तिम मूल्यका आधारमा बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो ।

यसअनुसार शुक्रबार समायोजित भएको मूल्यलाई आधार मानेर लघुवित्तको आइतबार दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ ।

लघुवित्तले लाभांश पारित गर्न माघ २४ गते, शनिबार संस्थाको केन्द्रिय कार्यालय, गैँडाकोट नवलपुरमा बिहान ११ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ ।