चन्द्रागिरिको आईपीओ १ लाख ३९ हजार ६०२ जनालाई, २ जनाले पाए ११ कित्ता, १० लाख बढी हात खाली

चन्द्रागिरिको आईपीओ १ लाख ३९ हजार ६०२ जनालाई, २ जनाले पाए ११ कित्ता, १० लाख बढी हात खाली


बैकिङ्ग समाचार ।

चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान १० बजे आईपिओ बाँडफाँड गरेको । क्यापिटलले बुधबार प्रि अलोटमेन्ट सकेर आज शुक्रबार आईपिओ बाँडफाँड गरेको हो  । 

जस अनुसार गोलाप्रथाबाट १ लाख ३९ हजार ६ सय २ जनाले गोलप्रथा १० कित्ता शेयर पाएका छन् । त्यस्तै २० कित्ता देखि १३ हजार ९ सय ६० कित्तासम्मको लागि आवेदन दिने मध्ये बाट २ जनाले थप १ कित्ता शेयर पाएका छन्। यस हिसाबमा २ जनाले ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीको आईपिओमा १२ लाख १६ हजार ९ सय ५३ जना आवेदकले आवेदन दिएका थिए । जस मध्ये १२ लाख ११ हजार १ सय १५ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ । योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको हो । यस हिसाबमा आवेदन दिएका १० लाख ७७ हजार बढी आवेदक हात खाली भएका छन् ।

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा उपलब्ध हुने छ । बिजपाटीले आज माघ ९ गतेदेखि आईपिओ नतिजाको लागि छुट्टै सर्भर राखी ipo.bizpati.com नामको सबडोमेन संचालनमा ल्याएको छ । 

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको हो । कम्पनीले  एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।

यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको थियो। 

कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो। सर्वसाधारणलाई पनि आईपीओ वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ । \"\"