एनआईसी एशिया बैंकले तीन कम्पनीको पौन ५ लाख संस्थापक शेयर लिलामी गर्ने

एनआईसी एशिया बैंकले तीन कम्पनीको पौन ५ लाख संस्थापक शेयर लिलामी गर्ने


बैकिङ्ग समाचार ।

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको तीन कम्पनीको ४ लाख ८३ हजार १२० कित्ता संस्थापक शेयर लिलाम ल्याएको छ ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता, नेशनल लाईफ इन्स्योरेन्सको ९४ हजार ८६६ कित्ता र सूर्या लाईफ इन्स्योरेन्सको १ लाख ८५ हजार ६९४ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताहरुले नागरिक लगानी कोषको संस्थापक शेयर खरीदका लागि न्युनतम मूल्य प्रतिकित्ता १ हजार ३८४ रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्सको ४८२ रुपैयाँ र सूर्या लाईफ इन्स्योरेन्सको ३६५ रुपैयाँ तोकिएको छ ।

शेयर खरिद गर्न इच्छुक लगानिकर्ताले बिहीबारदेखि माघ १६ गते शुक्रबारसम्म शिलबन्दी बोलपत्र फारम बुझाउन सक्नेछन् ।

बोलपत्र फारम एनआईसी क्यापिटल बबरमहल काठमाण्डौ, एनआईसी बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली काठमाण्डौ, शाखाहरुः विराटनगर ३ मोरङ, आदर्शनगर वीरगंज पर्शा, महेन्द्रपुल पोखरा, श्रवण पथ बुटवल, हस्पिटल लाइन धनगढी, विरेन्द्रचोक सुर्खेतबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

यसअघि बैंकले पटक पटक उक्त शेयर लिलामीमा ल्याएको थियो । पछिल्लो पटक पुस २७ गतेदेखि माघ ५ गतेसम्म लिलामिमा ल्याएकोमध्ये सो पटक अवितरित शेयर पुनः लिलाममा ल्याएको हो ।