बैकिङ्ग समाचार ।
राष्ट्रिय वाणिज्य बैंकले लाभांश वितरण गर्न बैंकको वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले माघ २८ गते बैंकको केन्द्रिय कार्यलयको सभाहलमा सभा बोलाएको हो।
कोभिड १९ काे जोखिमका कारण बैंकले शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागी हुन आग्रह गरेको छ। सभाको मिटिङ आइडी र पासवर्ड सम्बन्धित शेयरधनीको इमेलमा पठाइने बैंकले जनाएको छ।
साधारण सभामा बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २ प्रतिशत बोनस शेयर र कर सहित २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।
प्रतिक्रिया