यूनाइटेड इन्स्योरेन्सको शेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित

यूनाइटेड इन्स्योरेन्सको शेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित


बैकिङ्ग समाचार ।

यूनाइटेड इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिमार्जन गर्ने भएको छ । माघ ७ गते बुधबार सम्पन्न कम्पनीको २६ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरेको हो।

सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरेको छ ।

साथै आर्थिक वर्ष २०७६/०७७ का लागी बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउन्टेसलाई नियुक्त गरेको पनि कम्पनीले जनाएको छ ।