चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी

चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी


बैकिङ्ग समाचार ।

चन्द्रगिरी हिल्स लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँट हुने सम्भावना रहेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ । क्यापिटलका अनुसार बुधबार प्रि अलोटमेन्ट सम्पन्न गरी शुक्रबार बाँडफाँट गर्ने तयारी भएको छ । यद्दपि, अन्तिम टुंगो भने लागिसकेको छैन । प्रि अलोटमेन्ट मंगलबार नै सक्ने तयारी गरिएको भएपनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ क्लोजिङका कारण नभ्याइएको क्यापिटलले जानकारी गराएको छ ।

चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १७।५३ गुणा बढी हो ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । ११ लाख ११ हजार भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म  सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ४५ अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो । 

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो । यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो । कम्पनीले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ ।