मुक्तिनाथ विकास बैंकको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

मुक्तिनाथ विकास बैंकको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा


बैकिङ्ग समाचार ।

मुक्तिनाथ विकास बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ । बैंकले ४.२५७४ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । 

बैंकले गत पुस २५ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो । बैंकले पुस १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको हो। सोपश्चात बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको नगद लाभांश पनि बैंक खातामा नै जम्मा गरिने बैंकले बताएको छ।