बैकिङ्ग समाचार ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तको माघ ४ गते सम्पन्न ४९ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको बोनस अघिल्लो आवको तुलनामा ४ प्रतिशत कम हो । आव २०७५/७६ बाट लघुवित्तले २४ बोनस र १.२७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्तामा वितरण हुनेछ ।
यसअनुसार लघुवित्तले १ करोड ५३ लाख ४२ हजार ३६० रुपैयाँ बराबरको बोनस शेयर र ८ लाख ७ हजार ४९२ रुपैयाँ नगद गरी कुल १ करोड ६१ लख ४९ हजार ८५२ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।
हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार रुपैयाँ रहेको छ । १ करोड ५३ लाख ४२ हजार ३६० रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी ९ करोड २० लाख ४९ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया