को बन्ला त अबको गभर्नर ? चिन्तामणि र शिवराजको ब्यापक चर्चा 

को बन्ला त अबको गभर्नर ? चिन्तामणि र शिवराजको ब्यापक चर्चा 


बैकिङ्ग समाचार  ।  

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्दै आउँदो चैतमा अवकाश पाउँदैछन् । कार्यकाल सकिनु एक महिनाअगावै बिदा लिएर बस्न सक्ने प्रावधान भएपनि उनीले यसो गरेका छैनन् । यद्यपी उनको समयसीमा साँघुरिदैं जाँदा पनि हालसम्म राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति पक्रिया सुरु समेत गरिएको छैन । तर अर्थमन्त्री युवराज खतिवडाले फागुन ५ गतेसम्म नयाँ गभर्नरको टुंग्गो लाग्ने आश्वासन दिएका छन् । गभर्नरको कार्यकाल बाँकी २० दिन पनि नरहेको अवस्थामा यतिबेला गभर्नर नियुक्तिका लागि राजनीतिक दौडधुपहरु तीव्र भइरहेको स्रोत बताउँछ । 

उता डेपुटी गभर्नर शिवराज श्रेष्ठले अबको गभर्नर आफु बन्ने समाचारमाध्यममा बताउँदै आएका छन् । अनियमितताको आरोप लाग्दा पनि उनले गभर्नर बन्न नदिने चलखेल भएको प्रतिक्रिया दिँदै आएका छन् ।

चिन्तामणि र शिवराजको दाबी

गभर्नर नियुक्तिका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गर्नुपर्नेछ । उक्त समितिले ३ जनाको नाम गभर्नरका लागि सिफारिस गर्नुपर्ने हुन्छ । राष्ट्र बैंक ऐनको दफा १५ को उफदफा २ मा सिफारिस समिति गठन सम्बन्धी व्यवस्था गरिएको छ । सोही दफाको उपदफा (३) मा भने वहालवाला डेपुटी गभर्नर मध्येबाट एक जना अनिवार्य सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई गुरु मान्ने शिवाकोटी गभर्नर आफ्नो भागमा आउनेमा ढुक्क छन् । ऐनमै गभर्नरका लागि एकजना बहालवाला डेपुटी गभर्नरलाई सिफारिस गर्नुपर्ने व्यवस्था भएपछि पछिल्लो समय उनको चर्चा चुलिएको छ । अर्थमन्त्रीको संयोजकत्वमा बन्ने ३ सदस्यीय सिफारिस समितिले नयाँ गभर्नर गरेकोका लागि तीनजनाको नाम समावेश गरेर सिफारिस गर्नुपर्ने हुन्छ ।

उता डेपुटी गभर्नर शिवराज श्रेष्ठले अबको गभर्नर आफु बन्ने समाचारमाध्यममा बताउँदै आएका छन् । अनियमितताको आरोप लाग्दा पनि उनले गभर्नर बन्न नदिने चलखेल भएको प्रतिक्रिया दिँदै आएका छन् । 

गर्भनरमा अन्य आंकाक्षीहरु पनि थुप्रै छन् । राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रहेका डा. सुवोधकुमार कर्णदेखि अर्थसचिवबाट २२ माघमा अवकास पाएका डा. राजन खनाल पनि उत्तिकै बलिया दाबेदारका रुपमा हेरिहेको छ । 

राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएर हाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत रहेका महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, पूर्वराजस्व सचिव लालशंकर घिमिरे लगायत पनि गभर्नरको आकांक्षीका रुपमा छन् ।

यीमध्ये धेरै कसरत गर्नेमा शिवाकोटी र सुवोधकुमार कर्ण अगाडि देखिएका छन् । महालेखापरीक्षकका लागि निकै कसरत गरेर पनि हुन नसकेका कर्ण नेकपा निकटकै व्यक्ति हुन् । महालेखापरीक्षक हुन नपाएपछि नेकपाले उनलाई चित्त बुझाउनका लागि राष्ट्र बैंक सञ्चालक बनाएको थियो ।

प्रधानमन्त्री ओलीले गरे शिवाकोटीको प्रसंसा 

यसैबीच गत फागुन ८ मा बालुवाटारमा भएको पुस्तक विमोचन कार्यक्रममा  शिवाकोटीको प्रधानमन्त्री आफैंले प्रशंसा गरेका थिए । पुस्तक विमोचन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रलाई राम्रोसँग बुझेको र प्रतिभाशाली व्यक्ति भन्दै चिन्तामणिको प्रशंसा गरे ।