सामलिङ पावर कम्पनीले पायो बीबी माइनस रेटिङ, आईपीओ विक्री गर्ने प्रक्रिया पनि शुरु

सामलिङ पावर कम्पनीले पायो बीबी माइनस रेटिङ, आईपीओ विक्री गर्ने प्रक्रिया पनि शुरु


बैकिङ्ग समाचार ।

सामलिङ पावर कम्पनी लिमिटेडले इक्रा एनपी बीबी माइनस निष्कासनकर्ता रेटिङ पाएको छ ।

इक्रा नेपालले कम्पनीलाई उक्त रेटिङ प्रदान गरेको हो ।उक्त रेटिङ्ग प्राप्त प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्रा नेपालले बताएको छ ।

उक्त कम्पनीले प्राथमिक शेयर जारी गर्नका लागि प्रत्याभूतिकर्तामा एनआईबीएल एस क्यापिटल लिमिटेड नियुक्त गरिसकेको छ ।

प्रतिशेयर अंकित मूल्य रू.१०० दरको १२ करोड ३० लाख शेयरको सार्वजनिक निष्कासनका लागि उक्त क्यापिटललाई प्रत्याभूतिकर्ता (अन्डरराइटर) नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ । ऊर्जा डेभलपर्स प्रालिको ग्रूप कम्पनी सामलिङ पावर कम्पनी लिमिटेडद्वारा इलाममा माईबेनी जलविद्युत् आयोजना निर्माणाधीन छ ।

सन् २०२० को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोे उक्त आयोजनाबाट वार्षिक उत्पादन हुने ५३ दशमलव २८ गिगावाट ऊर्जा इलामको गोदकस्थित नेपाल विद्युत् प्राधिकरणको ३३/ १३२ केभी सबस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

यसअघि कम्पनीले आईपीओ निष्कासनको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेकोे छ ।