मल्टिपर्पस फाइनान्सको लिलामी सेयर भर्ने आज अन्तिम मौका, सर्वसाधारणले पनि पाउने

मल्टिपर्पस फाइनान्सको लिलामी सेयर भर्ने आज अन्तिम मौका, सर्वसाधारणले पनि पाउने


बैकिङ्ग समाचार । 

मल्टिपर्पस फाइनान्स कम्पनीको सेयरमा लिलामी आवेदन दिने आज शुक्रबार (माघ २ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले पुस १७ गतेबाट संस्थापक समूहको १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

यसमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं र मल्टिपर्पस फाइनान्सको केन्द्रीय कार्यालय, राजविराज सप्तरीबाट आवेदन दिन पाइने व्यवस्था मिलाइएको छ ।

यस्तै, सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि लिलामी सेयरमा आवेदन दिन सकिनेछ ।