बैकिङ्ग समाचार ।
दुई हजार ७२१ जनाले कोरोना बीमा दाबी भुक्तानी नपाएको देखिएको छ । बीमा समितिले सार्वजनिक गरेको पौष २९ गते बुधबारसम्मको कोरोना बीमाको तथ्यांकमा यस्तो देखिएको हो ।
तथ्यांक अनुसार हालसम्म २५ हजार ३ सय १३ जनाले २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् ।
त्यस्तै, १८३ जनाको कोरोना बीमा दाबी दोहोरो परेका कारण दाबी नदिने निर्णय गरिएको छ । पौष मसान्तसम्ममा ३ हजार ७ सय ३९ जनाको दाबी प्रक्रियामा रहेको, ८ हजार ४० जनाको बीमा दाबी स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको, ७ सय ४७ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेका समितिले जनाएको छ ।
त्यसैगरि, दुई हजार ७२१ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको र १० हजार ९ सय ७४ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेको उक्त विवरणमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया