नेपालको सेयरबजारको इतिहासमा अहिलेसम्मकै ठुलो आइपीओ खुल्यो, ५०-६० कित्ता भर्दा उपयुक्त

नेपालको सेयरबजारको इतिहासमा अहिलेसम्मकै ठुलो आइपीओ खुल्यो, ५०-६० कित्ता भर्दा उपयुक्त


बैकिङ्ग समाचार ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गते शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गरेको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गरेको हो ।

कुल निष्काशित आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता तथा कर्मचारीहरुका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता शेयर छुट्टाएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा आएकोछ ।

बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । यस्तै नागरिक लगानी कोषले आईपीओ प्रत्याभूती (अण्डरराइट) गरेको छ ।

बैंकको आईपीओ हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर जारी गरेको थियो ।

पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो। सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।

बैंकको अधिकृत पूँजी ४० अर्ब र संस्थापकहरुबाट चुक्ता पूँजी १२ अर्ब छ । सर्वसाधारणहरुलाई शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

  • २२ महिनादेखि बैंकिङ्ग कारोबारमा

इन्फ्रास्ट्रक्चर बैंक कम्पनी ऐन २०६३ बमोजिम २०७५ जेठ २५ गते पब्लिक कम्पनीमा रुपान्तरण भएको हो ।

नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ बमोजिम २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पुर्वाधार बैंकको रुपमा बैंकिङ्ग कारोबार गर्न स्वीकृति पाएको थियो । सो लगत्तै बैंकले २०७५ फागुन २२ गतेदेखि (२२ महिना अघि) बैंकिङ्ग कारोबार गर्दै आइरहेको छ ।

बैंकको रजिष्टर्ड कार्यालय कामपा १० कृष्ण टावर नयाँ बानेश्वरमा रहेको छ ।

बैंकले पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो ।

आईपीओ जारी गर्न बैंकले नेपाल धितोपत्र बोर्डबाट पुस १० गते स्वीकृति पाई नेपाल राष्ट्र बैंकमा पुस १२ र कम्पनी रजिष्टारको कार्यालयमा पुस १४ गते विवरणपत्र दर्ता गराएको थियो ।

अहिले जुन अनुपातमा डिम्याट खाता खुलिरहेका छन् र खोल्ने क्रम पनि बढिरहेको छ। पछिल्लो तथ्यांक हेर्दा डिम्याट खाता खोल्नेको संख्या झन्डै २५ लाख पुगेका छन्  यसमा केहि डुब्लिकेसनलाई घटाउँदा पनि कम्तिमा १२-१५ लाखले आइपीओ भर्ने सक्ने अवस्थामा छ। यत्तिको डिम्याट खाताबाट आइपीओको लागि आबेदन आउँदा पनि एउटाले ५०-६० कित्ता पाउने अवस्था हुन्छ। 

आईपिओमा छिटोमा माघ ६ गतेसम्म र सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म आवेदन दिन सकिने छ ।  आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।